आर्थिक

काठमाडौं महानगरको नीति तथा कार्यक्रम पारित

By खबरहब

July 09, 2024

काठमाडौं– काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रम पारित भएको छ।

आज बसेको पाँचौँ नगरसभा बैठकले नीति तथा कार्यक्रम पारित गरेको महानगर प्रमुख बालेन शाहको सचिवालयले खबरहबलाई बतायो। 

यसअगाडि नगरप्रमुख शाहले एकलौटी बजेट ल्याएको भन्दै वडाअध्यक्षहरूले असन्तुष्टि जनाएका थिए । त्यसपछि प्रस्तुत भएको नीति तथा कार्यक्रममा वडा अधयक्षहरुले फरक २८ बुँदे संशोधन प्रस्ताव दर्ता गराएका थिए । 

त्यसमा सर्वसम्मत १६१ जना नै नगर सभाका सदस्यले सहमति जनाएका थिए । आज नगर सभाबाट नीति तथा कार्यक्रम संशोधनसहित पास भएको घोषणा मेयर शाहले गरेका छन् । 

तर वडा अध्यक्षहरूले अहिले कुनै प्रतिक्रिया जनाएका छैनन् । अहिले नगर सभामा आर्थिक वर्ष २०८१-८२ को बजेटमाथि छलफल चलिरहेको छ । 

काठमाडौं महानगरपालिकाका मेयर शाह स्वतन्त्र रूपमा निर्वाचित भएका थिए ।