काठमाडौं – नेपाल लगायत साना मुलुकमा हेपाटाइटिस स्वास्थ्य चुनौती बन्दै गएको छ। कलेजो सुन्निनुलाई हेपाटाइटिस भनिन्छ। यो अवस्था आफैं सीमित भएर जान पनि सक्छ। कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने, सिरोसिस हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुनसक्छ। हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरस हुन्।
चिकित्सकका अनुसार भाइरल हेपाटाइटिस सङ्क्रमण मौन हुने गर्छ। हेपाटाइटिस ए र ई भन्दा बी र सी को सङ्क्रमण घातक हुने गरेको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का अनुसार विश्वभर हरेक दिन हेपाटाइटिसका झन्डै आठ हजार नयाँ सङ्क्रमित थपिन्छन्।
प्रत्येक वर्ष १० लाखभन्दा बढीको हेपाटाइटिसका कारण मृत्यु हुने गरेको अनुमान डब्लुएचओको छ। यो रोग लागि सकेपछि उपचार गर्नुभन्दा पनि यसबाट बच्नका लागि हेपाटाइटिस विरुद्धको खोप एक मात्रै विकल्प रहेको नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. प्रतापसागर तिवारी बताउँछन्।
प्रत्येक वर्ष १० लाखभन्दा बढीको हेपाटाइटिसका कारण मृत्यु हुने गरेको अनुमान डब्लुएचओको छ।
के हो हेपाटाइटिस ? हाम्रो कलेजोमा कुनै पनि कारणले सुजन भयो भने त्यो अवस्थालाई हेपाटाइटिस भनिन्छ। अत्यधिक मादक पदार्थ सेवनका कारण हुने हेपाटाइटिसलाई अल्कोहलिक हेपाटाइटिस भनिन्छ भने कुनै भाइरसका कारण हुने सुजनलाई इन्फेक्टिभ हेपाटाइटिस भनिन्छ। त्यसमध्ये हेपाटाइटिस ‘बी’ सबैभन्दा बढी घातक मानिन्छ। हेपाटाइटिस ‘बी’ भएमा यसले कलेजोलाई क्षतविक्षत बनाई मानिसको मृत्यु समेत गराउन सक्ने डा. तिवारी बताउँछन्। हेपाटाइटिसका रोगीमध्ये हेपाटाइटिस बी र सी का बिरामी बढी मात्रामा देखिने गरेका छन्। यसले कलेजोलाई दीर्घकालीन रुपमा असर गर्छ। यसकै कारणले क्यान्सरसम्म हुनसक्ने भएकाले बी र सीलाई धेरै घातक मानिन्छ।
डा. तिवारीका अनुसार हेपाटाइटिस ए र ई पनि भाइरल इन्फेक्सनकै कारणले हुने हो। तर यसले क्षणिक रोग गराउँछ। यो केही समय उपचार पाए निको भएर जान्छ। बी र सी को असर दिर्घकालीन हुने भएकाले विश्वमा हरेक वर्ष १० लाख भन्दा बढीको मृत्यु हुन्छ भने हरेक दिन ३५ सय जनाले ज्यान गुमाउने गरेको तथ्याङ्क छ। नेपालमा कलेजो बिग्रिने प्रमुख तीन कारणमध्ये हेपाटाइटिस बी र सी पर्छन्। अर्को कारण मध्यपान सेवन रहने गर्दछ।
हेपाटाइटिसका रोगीमध्ये हेपाटाइटिस बी र सी का बिरामी बढी मात्रामा देखिने गरेका छन्। यसले कलेजोलाई दीर्घकालीन रुपमा असर गरेर क्यान्सरसम्म हुनसक्ने भएकाले घातक मानिन्छ।
लक्षण यसको मुख्य लक्षण नै कलेजोको सुजन हो। हेपाटाइटिस बी र सीका अधिकांश बिरामीमा लक्षण देखिँदैन। यसले भित्रभित्रै कलेजोलाई जमाउने गर्दछ। जसलाई मेडिकल भाषामा सिरोसिस भनिन्छ। हेपाटाइटिस बी भएका ३० प्रतिशत बिरामीलाई जण्डिस देखिने, पेट दुख्ने, वाकवाकी लाग्ने जस्ता लक्षण देखिन्छन् भने ७० प्रतिशतमा कुनै लक्षण नै नदेखिने डा. तिवारी बताउँछन्।
कलेजो पलाईराख्ने अङ्ग भएकाले अत्यधिक मात्रामा कलेजो नबिग्रिएसम्म लक्षण देखिँदैन र लामो समयपछि कलेजोमा क्यान्सर नै भएर क्यान्सरका लक्षण देखिन सक्छन्। कलेजो फेल भएर पेटमा पानी जम्ने, लगायतका लक्षण देखिन्छन्।
हेपाटाइटिस लागेका सबैमा लक्षण देखिँदैनन्। लक्षण देखिनेमा जण्डिस, पेट दुख्ने, उल्टी आउने, खान मन नलाग्ने, जिउ आलस्य हुने लक्षण देखिन्छन् भने धेरै जनामा लक्षण नै देखिँदैनन्।
हेपाटाइटिस बी र सीका धेरै बिरामी अरु कुनै रोगको अप्रेशन गर्दा, विदेश जाने क्रममा चेकजाँच गर्दा पोजेटिभ देखिएर उपचारका लागि आउँने गरेका भन्दै उनले सतर्कता अपनाउन आवश्यक हुने बताए।
हेपाटाइटिस सर्ने तरिका र माध्यम हेपाटाइटिस ‘ए’ देखि ‘ई’ सम्मका सबै सर्ने खालका हुन्छन्। तर बढी घातक बी र सी सङ्क्रमित आमाबाट जिन्मएको बच्चा, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका सुइ पुनः प्रयोग गर्दा वा अकस्मात खोपिँदा, सङ्क्रमित रगतजन्य वस्तु तथा खुला घाउको सम्पर्कमा आउँदा, सङ्क्रमित व्यक्तिले दिएको रगत चढाउँदा, असुरक्षित यौन सम्पर्क गर्दा, असुरक्षित तरिकाले ट्याटु खोप्दा, सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रेजर वा दाँत माझ्ने ब्रस जस्ता सामान प्रयोग गरेमा यो रोग एक अर्कामा सर्ने गर्दछ।
सङ्क्रमित व्यक्तिले प्रयोग गरेका रेजर वा दाँत माझ्ने ब्रस जस्ता सामान प्रयोग गरेमा यो रोग एक अर्कामा सर्ने गर्दछ।
नेपालमा धेरैजसो केशमा हेपाटाइटिस ‘बी’आमाबाट बच्चामा सरेको छ। त्यस्तै हेपाटाइटिस ‘सी’लागु पदार्थ प्रयोकर्तामा सुईको माध्यमबाट सरेको पाइएको छ भने ए र ई दूषित पानी र खानेकुराबाट सरेको पाइएको छ।
हेपाटाइटिस हुनबाट बच्ने गर्ने ? डब्लुएचओ र कलेजोसँग सम्बन्धित अन्य संघसंस्थाले अध्ययन गरे अनुसार यसबाट बच्ने उपाय भनेको सतर्कता नै हो। यसको मुख्य समस्या लक्षण हुँदैन। लक्षण नभई अस्पताल गएर चेकजाँच गर्ने हाम्रो बानी छैन। त्यसैले डब्लुएचओले यसबारेमा केही नियम बनाएको छ। सबै गर्भवतीले हेपाटाइटिस बी र सी अनिवार्य जाँच्ने, १८ वर्षभन्दा माथिका सबैले जाँच गर्ने। त्यस्तै अहिले बालबालिकाका लागि पनि यसको खोप आएको छ जुन जन्मेदेखि नै लगाउने गरिएको छ।
त्यसैले हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमण हुनबाट बच्नका लागि हेपाटाइटिस ‘ए’ को खोप उपलब्ध छ। यदि आफू जोखिममा छु भन्ने लाग्छ भने खोप लगाउन सकिन्छ। तर हेपाटाइटिस ‘ई’ का विरुद्ध खोप उपलब्ध छैन।
हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमणबाट बच्न स्वच्छ तथा सुरक्षित खाना र पानीको प्रयोग गर्ने, खुला दिसा गर्ने बानी हटाउने, फोहर मैला र ढलको उचित व्यवस्थापन गरी आफू वरिपरिको वातावरण स्वच्छ राख्ने, लगायतका कुरामा ध्यान दिनुपर्छ।
हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमणबाट बच्न स्वच्छ तथा सुरक्षित खाना र पानीको प्रयोग गर्ने, खुला दिसा गर्ने बानी हटाउने, फोहर मैला र ढलको उचित व्यवस्थापन गरी आफू वरिपरिको वातावरण स्वच्छ राख्ने, लगायतका कुरामा ध्यान दिनुपर्छ।
अर्को हेपाटाइटिस ‘बी’ र ‘डी’ को सङ्क्रमण हुनबाट बच्ने पहिलो उपाय भनेको हेपाटाइटिस बी खोप हो। हेपाटाइटिस ‘बी’ को सङ्क्रमण भएमा मात्र हेपाटाइटिस ‘डी’ को सङ्क्रमण हुनसक्ने भएकाले हेपाटाइटिस बी खोपले हेपाटाइटिस ‘डी’ हुनबाट पनि बचाउँछ।
नेपालमा हेपाटाइटिस बी खोप शिशुलाई स्वास्थ्य संस्था मार्फत डीपीटी खोपको ३ डोजसँगै जन्मेको ६ महिना भित्र दिइन्छ। यो खोप आफ्नो बच्चालाई नछुटाई लगाउनुपर्छ। किशोरावस्था तथा वयस्कले पनि यो खोप लगाउन सकिन्छ। हेपाटाइटिस सी को खोप भने अहिलेसम्म उपलब्ध छैन।
प्रत्येक गर्भवतीले आफू हेपाटाइटिस ‘बी’ बाट सङ्क्रमित भएको वा नभएको थाहा पाउन हेपाटाइटिस बी सरफेस एन्टिजेनको जाँच गराउनुपर्छ यदि सङ्क्रमित भए बेलैमा चिकित्सकको सल्लाह लिनुको साथै सुत्केरी हुन अस्पतालमानै आउनुपर्छ। सङ्क्रमित आमाबाट बच्चामा सर्न रोक्न जन्मेको १२ घण्टा भित्र नवजात शिशुलाई हेपाटाइटिस बी इम्यून ग्लोबुलिन र २४ घण्टा भित्र हेपाटाइटिस बी खोप दिनुपर्छ।
हेपाटाइटिस ‘ए’ र ‘ई’ को सङ्क्रमणबाट बच्न स्वच्छ तथा सुरक्षित खाना र पानीको प्रयोग गर्ने, खुला दिसा गर्ने बानी हटाउने, फोहर मैला र ढलको उचित व्यवस्थापन गरी आफू वरिपरिको वातावरण स्वच्छ राख्ने, लगायतका कुरामा ध्यान दिनुपर्छ।
उपचार विधि एक्यूट भाइरल हेपाटाइटिस ‘ए’ र ‘ई’ को कुनै विशेष उपचार छैन। यो सङ्क्रमण पश्चात केही हप्ता वा महिनापछि आफै सन्चो भएर जान्छ भने धेरै कमलाई मात्र कलेजोको गम्भीर समस्या ल्याउन सक्छ। बिरामीले सन्तुलित आहार र प्रशस्त तरल पदार्थ लिएर आराम गर्नुपर्छ साथै अनावश्यक औषधी, सिटामोल र बान्ता रोक्ने औषधीले यती बेला कलेजोमा झन् असर गर्ने भएकोले प्रयोय गर्नु हुँदैन।
को्रनिक हेपाटाइटिस ‘ई’ भएका व्यक्तिले चिकित्सकको सल्लाहमा एन्टिभाइरल औषधी लिन सक्छन्। एक्यूट हेपाटाइटिस ‘बी’ को कुनै विशेष उपचार छैन र यो सङ्क्रमण पश्चात् केही हप्ता वा महिनापछि आफै सन्चो भएर जान्छ। को्रनिक हेपाटाइटिस ‘बी’ का बिरामीलाई निश्चित मापदण्ड (भाइरल लोड, भाइरसको सक्रियपना तथा अन्य रगत परीक्षणको नतिजा) का आधारमा एन्टिभाइरल औषधीद्वारा उपचार गरिन्छ।
एन्टिभाइरल औषधीले भाइरसको सक्रियतालाई कम गराउने मात्र हो, पूर्णरुपमा हेपाटाइटिस ‘बी’ भाइरसलाई हटाउन सक्दैन तर सिरोसिस र कलेजोको क्यान्सरको जोखिमलाई धेरै कम गर्छ। को्रनिक हेपाटाइटिस ‘बी’ का सबै व्यक्तिलाई उपचार नचाहिन सक्छ, सङ्क्रमित मध्य करिब १० देखि ४० प्रतिशतलाई मात्र उपचारको आवश्यकता हुन्छ। चिकित्सकको निरन्तर निगरानीमा चाहिँ रहिरहनुपर्छ।
ध्यान नपुर्याए भाइरल हेपाटाइटिसले ज्यानसमेत लिनसक्छ। रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन रोकथामका उपायमा विशेष ध्यान दिन जरुरी छ।
एक्यूट हेपाटाइटिस ‘सी’ का सङ्क्रमितलाई उपचार नचाहिन सक्छ तर को्रनिक हेपाटाइटिस ‘सी’ का १२ वर्ष माथिका सङ्क्रमित सबैलाई डाइरेक्ट एक्टिङ्ग एन्टिभाइरलद्वारा उपचार गरिन्छ। उपचार पश्चात यो लगभग पूर्णरुपमा निको हुन्छ साथै सिरोसिस र कलेजोको क्यान्सरको जोखिम पनि कम हुन्छ। को्रनिक हेपाटाइटिस ‘डी’ लाई पनि एन्टिभाइरलद्वारा उपचार गरिन्छ।
ध्यान नपुर्याए भाइरल हेपाटाइटिसले ज्यानसमेत लिनसक्छ। रोग लागेर उपचार गर्नुभन्दा रोग नै लाग्न नदिन रोकथामका उपायमा विशेष ध्यान दिन जरुरी छ। भाइरल हेपाटाइटिसको जोखिममा भएका हरेक व्यक्तिले परीक्षण गराउनुपर्छ। क्रोनिक हेपाटाइटिस ‘बी’, ‘सी’ र ‘डी’ बाट सङ्क्रमित मध्य केहीलाई पछि गएर सिरोसिस तथा कलेजोको क्यान्सर हुनसक्छ त्यसकारण सङ्क्रमित व्यक्तिले अरू आवश्यक जाँच र उपचारको लागि सम्बन्धित चिकित्सकको सल्लाह लिन आवश्यक छ।
(नोबेल मेडिकल कलेज विराटनगरमा कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. प्रताप सागर तिवारीसँगको कुराकानीमा आधारित)