देश/प्रदेश

निर्मला कुर्मी प्रकरण: लुम्बिनी प्रदेशमन्त्रीविरुद्ध प्रदर्शन

By खबरहब

August 09, 2024

काठमाडौं– बाँके नेपालञ्‍जकी निर्मला कुर्मीको हत्यासम्बन्धी प्रकरणका पीडितले पुनः आन्दोलन थालेका छन्‌ । सो हत्या प्रकरणमा आरोपित बादशाह कुर्मीलाई लुम्बिनी प्रदेशको मन्त्री बनाइएपछि पीडितका आफन्त र अधिकारकर्मीहरूले आन्दोलन थालेका हुन्‌ ।

कुर्मीविरुद्ध अदालतमा मुद्दा पठाउन सरकारले सहमति गरे पनि मुख्य अभियुक्त कुर्मीलाई नै प्रदेश मन्त्री बनाउँदै सत्ताधारी पार्टीले संरक्षण गरेको भन्दै पीडितहरू थप आक्रोशित छन्‌ ।

तीन बूँदे माग राख्दै उनीहरूले शुक्रबारदेखि पाँचौँ चरणको आन्दोलन शुरू गरेका हुन्।

आन्दोलनकारीहरूले ‘हत्याका मुख्य अभियुक्त बादशाह कुर्मीलाई मन्त्री पदबाट तत्काल हटाइयोस्‌’, ‘कुर्मी हत्या मुद्दा तत्काल अदालत पुर्‍याइयोस्’ र ‘आन्दोलनकारीहरूको सुरक्षाको ग्यारेन्टी गरियोस्‌’ लगायत नाराबाजी गरिरहेका छन्‌ ।