आर्थिक

कुलमानले भने- यही वर्षदेखि बंगलादेशमा बिजुली पठाउँदैछौँ

By खबरहब

August 09, 2024

काठमाडौं- नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले यही वर्षदेखि बंगलादेशमा बिजुली विक्री थालिने बताएका छन् ।

आफ्नो दोस्रो कार्यकाल तीन वर्ष पुगेको अवसरमा शुक्रबार आयोजित पत्रकार सम्मेलनका क्रममा उनले विद्युत उत्पादन, प्रसार र वितरणमा ८ वर्षमा एक खर्ब रुपैयाँ लगानी भएको जानकारी दिए ।

उनले आम्दानी पनि १ खर्ब रुपैयाँबाट उकालो लागेको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् । घिसिङले भारतको बाटो हुँदै बंगलादेशमा यही वर्षदेखि बिजुली पठाइने बताए ।

‘बङ्गलादेशको अवस्था सुधार हुनासाथ विद्युत निर्यात सम्झौता हुनेछ’, उनले भने, ‘यही वर्षभित्र बंगलादेशमा बिजुली निर्यात हुने विश्वास लिएका छौँ।’