आर्थिक

एनसेल प्रकरणमा उपेन्द्र महतोको खण्डन : उजुरीको हक सुरक्षित छ

By खबरहब

August 09, 2024

काठमाडौं-  व्यवसायी उपेन्द्र महतोले एनसेलसँग जोडेर खबरहबमा प्रकाशित समाचारले आफ्नो व्यक्तिगत प्रतिष्ठामा आँच आएको भन्दै त्यसको खण्डन गरेका छन् । महतोले यसबारे आफूलाई सरकारी निकायमा जाहेरी या फिराद दिने हक सुरक्षित रहेको बताएका छन् ।

गत साउन ११ गते खबरहबमा प्रकाशित ‘एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारवाही गर्न सिफारिस’ शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै महतोले प्रेस काउन्सिलमा खण्डन छपाई पाउँ भन्दै उजुरी दिएका छन् । सरकारले सचिव टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको छानविन प्रतिवेदनमा रहेको तथ्यमा टेकेर खबरहबले उक्त समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशनपूर्व खबरहबले फोन र एसएमएसमार्फत प्रतिक्रिया माग्दा महतो सम्पर्कमा आउन चाहेका थिएनन् ।

सरकारले गठन गरेको छानविन समितिको प्रतिवेदनको पृष्ठ ३४ मा उल्लेखित व्यहोराको स्क्रिन शट (पहेंलो हाइलाइट) प्रमाणसहित खबरहबले समाचार प्रकाशित गरेको थियो ।

हेर्नुहोस् समाचार –

एनसेल प्रकरण : उपेन्द्र महतोलाई कारवाही गर्न सिफारिस

खबरहबमा प्रकाशित उक्त समाचारका सम्बन्धमा महतोले प्रेस काउन्सिलमार्फत पठाएको खण्डनको व्यहोरा जस्ताको त्यस्तै–