समाचार

यी २१ वर्षीया युवती जसले अमेरिका पठाइदिने भन्दै ५४ लाख ठगिन्

By खबरहब

August 09, 2024

काठमाडौं- एकजना २१ वर्षीया युवतीले अमेरिका पठाइदिने भन्दै ५४ लाख रुपैयाँ ठगी गरेको खुलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अर्घाखाँचीको पाणीनी गाउँपालिका-७ दुविचौर घर भई हाल तारकेश्वर नगरपालिका-२ बस्ने २१ वर्षीय लक्ष्मी माझीलाई उक्त ठगीमा संलग्न भएकव अभियोगमा प्रहरीले बिहीबार अपरान्ह पक्राउ गरेको छ ।

कार्यालयका प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार माझीले अमेरिकामा मासिक दुई लाखसम्म तलब हुने राम्रो र सजिलो काम मिलादिने भन्दै ५४ लाख सात हजार ८७० रुपैयाँ ठगरे फरार भएकी थिइन् ।

त्यसपछि उनलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी गरेर खोजी थालिएको थियो । आचार्यका अनुसार खोजीका क्रममा उनलाई बिहीबार अपरान्ह कार्यालको टोलीले तारकेश्वर-२ बाट पक्राउ गरेको हो ।

अहिले उनलाई थप अनुसन्धान र कारवाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा पठाइएको आचार्यले जानकारी दिएका छन् ।