समाचार

गोकर्णेश्वरको धागो उद्योगमा लागेको आगो नियन्त्रणमा

By खबरहब

August 09, 2024

काठमाडौं – काठमाडौंको गोकर्णेश्वर नगरपालिकास्थित एक धागो उद्योगमा आज अपराह्न लागेको आगो नियन्त्रणमा आएको छ ।

नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले राति पौने ८ बजेको समयमा आगलागी नियन्त्रणमा आएको र क्षतिको विवरण सङ्कलन भइरहेको जानकारी दिए ।

ओखलढुङ्गा लिखु गाउँपालिका–४ घर भई हाल काठमाडौँको गोकर्णेश्वर नगरपालिका–२ सुन्दरीजलस्थित भूमिस्थली बस्ने बुद्धिबहादुर कार्कीको मनकामना धागो उद्योगमा आगलागी भएको थियो ।

विभिन्न क्षेत्रबाट पुगेका दमकलको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले आगो नियन्त्रणमा लिएका हुन् ।