सांकेतिक तस्बिर

समाचार

कन्टेनर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

By खबरहब

September 09, 2024

मुग्लिन– चितवनमा कन्टेनर र मोटरसाइकल एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्जबाट कुखुराको दाना लिएर भरतपुरतर्फ आइरहेको ना८ख २८१८ नम्बरको कन्टेनर र विपरीत दिशाबाट गइरहेको बागमती प्रदेश०६–००३प ४८५१ नम्बरको मोटरसाइकल आज बिहान रत्ननगर नगरपालिका–३ शान्तिचोकमा एकापसमा ठक्कर खाँदा  मोटरसाइकल चालक रत्ननगर–१५ का ३४ वर्षीय जीवन मग्राती गम्भीर घाइते भएका थिए  ।

घाइते मग्रातीको उपचारका क्रममा आज बकुलहर अस्पताल टाँडीमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले बताए  ।

ठक्कर दिने कन्टेनर र चालक बाराको  गडीमाई नगरपालिका–५ का ३६ वर्षीय श्यामसुन्दर सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।