समाचार

सहकारी छानबिन समितिले गर्‍यो ऋणीहरूसँग छलफल 

By खबरहब

September 09, 2024

काठमाडौं– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज विभिन्न सहकारीका ऋणीहरूसँग छलफल गरेको छ ।

५५औँ बैठकमा समितिले विभिन्न सहकारीका ऋणीहरूको अनुभव केन्द्रित परामर्श र छलफल  गरेको सभापति सूर्यबहादुर थापा क्षेत्रीको भनाइ छ ।

समितिले ऋणीहरू गायक रामकृष्ण ढकाल, पत्रकार डा .सुरेश आचार्य, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)का अध्यक्ष कुन्दन अर्यालसँग पनि छलफल गरेको छ । यस्तै , अन्य ऋणीहरू सागर बगाले, अनन्तकान्त मैनाली,  विदुर धमलासँग पनि परामर्श र छलफल गरेको हो ।

थापाका अनुसार ऋणीहरूको अनुभवहरू समेत लिइएको छ ।