समाचार

बाढीपहिरो प्रभावितलाई भारतले दियो आपतकालीन सामाग्री

By खबरहब

October 09, 2024

काठमाडौं – देशमा हालै आएको बाढी र पहिरोबाट प्रभावित परिवारका लागि भारतले आपतकालीन राहत सामग्री सहयोग गरेको छ ।

आपतकालीन सामाग्रीको खेप भारत सरकारका तर्फबाट द्वितीय सचिव नारायण सिंहले सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई हस्तान्तरण गरेका छन् ।

आपतकालीन सामाग्रीमा टारपोलिन, स्लीपिङ्ग ब्याग, कम्बल, क्लोरिन ट्याब्लेट र पानीका बोतल सहितको ४.२ टनको सहायता रहेको जनाइएको छ । उक्त मानवीय सहायताको खेप भारतबाट नेपालगन्ज ल्याई पुर्‍याइएको हो । भारत सरकार अन्य अत्यावश्यक सरसफाइ सामाग्री तथा औषधीका साथसाथै अन्य राहत सामाग्रीको पनि व्यवस्था गरिरहेको र छिट्टै आइपुग्ने जनाइएको छ ।

भारतले संकटको बेला पहिलो रेस्पोन्डरको रुपमा सहयोग गर्दै आएको छ ।