समाचार

राष्ट्रपतिबाट नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण

By खबरहब

October 09, 2024

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् ।

बुधबार सङ्घीय संसद्को दुवै सदनबाट पारित गरी पठाइएको उक्त विधेयक संविधानको धारा ११३ (२) बमोजिम पौडेलले प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।