सांकेतिक तस्वीर

देश/प्रदेश

महोत्तरीमा एक युवतीको शव भेटियो

By खबरहब

October 09, 2024

महोत्तरी – महोत्तरीको बर्दिवास-५ स्थित टुटेश्वर मन्दिर नजिकै एक युवतीको शव फेला परेको छ । अन्दाजी २१-२२ वर्षको जस्तो देखिने पहिचान नखुलेको युवतीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

युवतीको शवको प्रकृति हेर्दा शंका गर्ने ठाँउहरु देखिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी संतुलाल जैसवालले बताए । शवको पहिचानको लागि प्रहरीले खोजी कार्य अगाडि बढाएको छ । महोत्तरीमा युवती हराएको ठाउ यकिन गरी पहिचानको लागि प्रयास भईरहेका प्रहरीले जनाएको छ ।

अहिले युवतीको शवलाई पोष्टमार्टमको लागि बर्दिवास अस्पतालमा लागिएको छ ।  वडा नं ५ का वडा अध्यक्ष काहरमान स्याङवाको अनुसार उक्त युवतीको शव बिहान ७ वजे फेला परेको थियो ।

 युवतीको शवलाई सामाजिक जन्जालबाट समेत सार्वजनिक गरि पहिचान गर्ने प्रयास भइरहेको अध्यक्ष स्याङवाको भनाई छ ।