समाचार

सुनसरीको एक उद्योगमा आगलागी

By खबरहब

October 09, 2024

सुनसरी – सुनसरीको दुहबी नगरपालिका–३ मा रहेको एक उद्योगमा आज आगलागी भएको छ । हनुमन्ते पोलिमर कम्पनीमा आगलागी भएको सुनसरीका प्रहरी नायव उपरीक्षक रामचन्द्र तिम्सिनाले जानकारी दिए ।

फोम बनाउने उद्योगमा भएको आगलागी जारी रहेको प्रहरीले जनाएको छ । आठ दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए ।

सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना, दमकल र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।