हेमन्तको कप्तानीमा एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा | Khabarhub Khabarhub

हेमन्तको कप्तानीमा एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा


२४ कार्तिक २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) ले एशिया कप खेल्ने पुरुष यू-१९ क्रिकेट टिमको घोषणा गरेको छ ।

क्यानले हेमन्त धामीको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ । यू-१९ टिमको मुख्य प्रशिक्षक शक्ति गौचनलाई बनाइएको छ भने सहायक प्रशिक्षकको जिम्मेवारी धिरेन्द्र चन्दलाई दिइएको छ ।

एशिया कप खेल्ने नेपाली टिममा हेमन्त धामी (कप्तान), अर्जुन कुमाल (उपकप्तान), आकास त्रिपाठी, उत्तम रंगु थापा मागर, मायान यादव, नरेन साउद, उनिश विक्रम सिंह ठकुरी, नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, राजेश यादव, दयानन्द मण्डल, अपराजित पौडेल, अभिषेक तिवारी, दिलशाद अली र रंजित कुमार रहेका छन् ।

मंसिर १४ देखि २३ गतेसम्म ९ नोभेम्बर २९ देखि डिसेम्बर ८ ० हुने यू-१९ एशिया कपमा नेपालसहित आठ देशले भाग लिदै छन् ।

एकदिवसीय फर्म्याटमा हुने प्रतियोगिताको आयोजना युएईले गर्दै छ । एसीसीको आयोजनामा हुने प्रतियोगितामा एसियाका आठ देशले सहभागिता जनाउँदै छन् । जसमा एसियाका ५ टेस्ट राष्ट्र स्वत छनोट भएका थिए भने नेपाल, युएई र जापान गत वर्ष मलेसियामा भएको एसीसी प्रिमियर कपको शीर्ष ३ मा रहेर छनोट भएका थिए । गत अक्टोबरमा भएको यस प्रतियोगितामा युएईलाई हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

प्रतियोगितामा सहभागी ८ देशलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल समूह बी मा रहेको छ । नेपाल रहेको समूहमा श्रीलंका, बङ्गलादेश र अफगानिस्तान रहेका छन् ।

त्यस्तै समूह ए मा भारत, पाकिस्तान, जापान र युएई रहेका छन् ।  हरेक समूहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । 

नेपालले आफ्नो पहिलो खेल नोभेम्बर २९ तारिखमा श्रीलंकासँग, दोश्रो खेल डिसेम्बर १ तारिखमा बंगलादेशसँग र तेश्रो खेल डिसेम्बर ३ तारिखमा अफगानिस्तानसँग खेल्ने भएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८१, शनिबार  ५ : ३० बजे

रविको बयान चलिरहँदा वीरगञ्जमा रास्वपा कार्यकर्ताको प्रदर्शन

वीरगञ्ज- सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी 

हाम्रो ध्यान जनतातिर छ, सरकारका कामको खबरदारी गरिरहन्छौं : प्रचण्ड

चितवन– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

आक्रमक सुरुवात गरेका पोखराका दुवै ओपनर आउट

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत पोखरा एभेन्जर्सका दुवै

कर्णाली याक्सविरुद्ध ब्याटिङमा पोखरा एभेन्जर्स, उत्कृष्ट सुरुवात

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगितअन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘अग्रजहरूको योगदानबाट प्राप्त अधिकार सदुपयोग गर्नुपर्छ’ 

काठमाडौं – उपप्रधान एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले अग्रजहरूको योगदानबाट