समाचार

सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा शेखर कोइरालाको आपत्ति

By खबरहब

November 09, 2024

काठमाडौं– नेपाली काग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् ।

शनिबार काग्रेस त्रियुगाले उदयपुरमा आयोजना गरेको विपी कोइरालाको सालिक अनावरण तथा आमसभा कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले सात बुदेँ सहमतिमा निर्माण भएको वर्तमान सरकारले सहमति अनुसार कुनै काम नगरेको बताएका छन् । 

नेता कोइरालाले वर्तमान सरकार संविधान संशोधन लगायतका महत्वपूर्ण काम गर्ने गरी कांग्रेससंगको ७ बुँदे सहमतिमा निर्माण भएको बताउँदै सरकारले संविधान संशोधनको कार्य शुरु नगरेकामा आपत्ति जनाए । 

संविधान संशोधन गर्न वर्तमान सरकारले अन्य दलसँग पनि सहकार्य सुरु गर्नुपर्ने उनले बताए । कोइरालाले सात बुँदे सहमति कार्यान्वयनको अवस्थाबारे अब प्रश्न उठाउनु पर्ने बेला आएको समेत बताए ।

त्रियुगा नगरपालिका वडा नं ११ स्थित मदनभण्डारी राजमार्गको बीचमा निर्माण गरिएको शालिकको अनावरण गर्दै नेता कोइरालाले विपी कोइरालाको विचारलाई अनुसरण गर्ने हो भने सरकारले गरेका असल कार्यको प्रचार र खराब कार्यको विरोध गर्न सक्नुपर्ने पनि बताए ।