खेलकुद

काराबाओ कप : मिडल्सबर्गसँग चेल्सी स्तब्ध

By खबरहब

January 10, 2024

काठमाडौँ– काराबाओ कप फुटबलमा  च्याम्पियनसिप क्लब मिडल्सबर्गसँग इङ्लिस प्रिमियर लिग क्लब चेल्सी स्तब्ध बनेको छ ।

गएराति भएको सेमिफाइनलको पहिलो लेगमा चेल्सी मिडल्सबर्गसँग १–० गोलले पराजित भएको हो ।

मिडल्सबर्गका हेडेन ह्याक्नीले एक गोल गरेका थिए । खेलको ३७औँ मिनेटमा उनले गरेको गोल नै चेल्सीलाई हराउन पर्याप्त बनेको थियो ।

अब दोस्रो लेगको खेल २४ जनवरीमा हुनेछ । यस खेलमा स्पष्ट २–० को जित निकाल्न सके चेल्सी फाइनलमा पुग्नेछ ।

बराबरी र हारको नतिजाले चेल्सी सेमिफाइनलबाटै बाहिरिनेछ । १–० को जितले पनि फाइनल पुग्ने सम्भावना जीवित रहनेछ ।

मिडल्सब्रगलाई बराबरीको नतिजा नै फाइनल पुग्न पर्याप्त हुनेछ ।

अर्को सेमिफाइनलमा लिभपुरपुलले आज राति फुलहमसँग खेल्नेछ । फाइनल खेल वेम्बली रंगशालामा २५ फेब्रुअरीमा हुनेछ ।