समाचार

सन्दीपको तर्फबाट ४ कानुन व्यवसायीले बहस गर्ने, पूर्ण फैसला आजै

By खबरहब

January 10, 2024

काठमाडौंं – बलात्कार आरोपमा जिल्ला अदालत काठमाडौंबाट दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको सजाय आज तोकिदैछ ।

काठमाडौं जिल्ला अदालतले आज लामिछानेविरुद्ध सजाय तोक्नेछन् । अहिले पीडितका तर्फबाट सरकारी वकिलहरुले बहस गर्दैछन् ।

उनीहरुको बहस सकिएपछि लामिछानेको तर्फबाट चार कानुन व्यवसायिले बहस गर्ने अदालतका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

पन्थीका अनुसार आजै पूर्ण फैसला आउनेछ । गत पुस १३ गते न्यायाधीश शिषिरराज ढकालको इजालासले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो ।