काठमाडौं– नेको इन्सुरेन्स कम्पनीको वार्षिक साधारणसभा बस्ने भएको छ । सभा माघकाे १२ गते लिसारा रिसेप्सन नक्साल काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने कम्पनीले जनाएकाे छ ।
सभा प्रयोजनका लागि कम्पनीले माघ २ गते बुक क्लोज गर्ने भएको छ । पुस २९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।
लगानीकर्तालाई नेको इन्सुरेन्सले गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । सभामा आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल हुनेछ ।
साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।
सभाले संस्थापक समूहबाट १ जना महिलासहित २ जना र सर्वसाधारण समूहबाट ३ जना गरी कुल ५ जना सञ्चालक निर्वाचन गर्ने कम्पनीले जनाएका छ ।