खेलकुद

रितको कप्तानीमा बागमतीको टिम घोषणा, शरद टोलीमा परेनन्

By खबरहब

January 10, 2024

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि बागमती प्रदेशले कप्तानी रित गौतमको कप्तानीमा टिम घोषणा गरेको छ ।

१४ सदस्यीय टोलीमा बागमती छनोटमा काठमाडौंको कप्तानी गरेका शरद भेषावकर टिममा छैनन् ।

टिममा आशुतोष घिरोइया, इशान पाण्डे, विवेक राना मगर, प्रतिक श्रेष्ठ, प्रतिश जिसी, सूर्य तामाङ, कृजन गुरुङ, रिजन ढकाल, गौतम केसी, अशोक पौडेल, सोनु देवकोटा र विपिन आचार्य छन ।

टिमको प्रशिक्षकमा कलाम अली र टेक्निकल एनालिस्टमा राजन शाह छन ।

बागमतीले प्रधानमन्त्री कपको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पुस २८ मा त्रिवि मैदानमा खेल्नेछ ।