अपराध

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

January 10, 2024

काठमाडौं– अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा बुढानीलकण्ठ बस्ने ३४ वर्षीय बेन्जु महत रहेकी छिन् ।

महतले अमर बहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु त्यसको लागि ५० लाख रुपैयाँ लाग्छ र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक ४ लाख रुपैयाँ तलब हुन्छ भन्दै प्रलोभनमा पारी २३ लाख ५० हजार रुपैयाँ ठगी गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोली उनलाई मंगलबार बुढानीलकण्ठ नगरपालिका-६ भंगाल चपली बाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।