अपराध

अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा तीन जना पक्राउ

By खबरहब

January 10, 2024

काठमाडौं – प्रहरीले अनलाइन क्यासिनो सञ्चालन गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ताप्लेजुङ मिक्वाखोला घर भइ काठमाडौंको कोटेश्वर बस्ने पुजन साँवा, सर्लाही घर भइ अनाम नगर बस्ने निशानराज कार्की र सर्लाहीकै निशान गौतम रहेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुले क्यास एप, मिल्की वे, फायरकिरिन, अल्ट्रा पांडा जस्ता मुबाईल एपहरुको प्रयोग गरि अनलाईनमार्फत जुवा खेलाउने गरेको प्रहरीले बताएको छ । विभिन्न खेलहरुमा अनलाईन मार्फत् बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी खेल खेलाउने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।