अपराध

मृग मारेको आरोपमा बर्दियामा एक पक्राउ

By खबरहब

January 10, 2024

बर्दिया– संरक्षित वन्यजन्तु मृग मारेको आरोपमा बर्दियामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेम गुलरिया नगरपालिका–१ छेदारपुरका ३२ वर्षीय दीपचन्द्र कोरी रहेका छन्। उनलाई बुधबार दिउँसो ३ बजे पक्राउ गरिएको बर्दिया प्रहरीले जनाएको छ।

उनको साथबाट मृगको बच्चाको टाउको, खुट्टा र मासुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका कोरीलाई आवश्यक कारबाहीको लागि डिभिजन वन कार्यालयमा बुझाउने तयारी भइरहेको छ।