खेलकुद

राष्ट्रिय भलिबल : एपिएफ र पुलिस क्लब फाइनलमा

By खबरहब

January 10, 2024

कर्णाली – एपिएफ क्लब र नेपाल पुलिस क्लब कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा जारी ३४औँ राष्ट्रिय भलिबल प्रतियोगिताको फाइनलमा एपिएफले गण्डकी प्रदेशलाई तथा पुलिस क्बलले आर्मी क्लबलाई हराउँदै फाइनलमा स्थान बनाएका हुन् । दुवै टोली बिहीबार उपाधिका लागि भिड्ने छन् ।

सेमिफाइनलमा पुलिसले आर्मीलाई ३–० सेटले तथा एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० सेटले नै पराजित गरेको हो । आर्मी र गण्डकीबीच तेस्रो स्थानका लागि बिहीबार नै खेल हुनेछ । यही पुस २० गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा कोशी, मधेस, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश समेत सहभागी भएका थिए ।