देश/प्रदेश

माओवादीको स्थायी समिति बैठक आज पनि, विधान मस्यौदामाथि छलफल जारी

By खबरहब

February 10, 2024

काठमाडौँ– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि जारी रहनेछ ।

पार्टी मुख्यालय पेरिसडाँडामा हिजो सुरु भएको बैठकमा विधान मस्यौदामाथि छलफल जारी रहेको छ । हिजोको बैठकमा विधान मस्यौदा कमिटीले आफ्नो मस्यौदा विधायन प्रतिवेदन पेश गरेको छ ।

उक्त प्रस्तावमाथि सदस्यहरूले बोल्ने क्रम जारी छ । आगामी फागुन १ गतेदेखि हुन लागेको प्रथम विधान अधिवेशन अघि माओवादीले मस्यौदा विधानलाई अन्तिम रुप दिन लागेको हो ।