खेलकुद

एसियन कप फुटबल : उपाधिका लागि जोर्डन र कतार भिड्दै

By खबरहब

February 10, 2024

काठमाडौँ– एसियन कप फुटबलको फाइनल खेल आज हुँदैछ । फाइनलमा जोर्डन र आयोजक कतार उपाधिका लागि भिड्न लागेका हुन् । यो खेल नेपाली समय अनुसार राती पौने ९ बजे सुरु हुनेछ ।

जोर्डनले सेमिफाइनलमा दक्षिण अफ्रिकालाई २–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । जोर्डन एसियन कपको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको हो । जोर्डन यसअघि २००४ र २०११ मा क्वाटरफाइनलसम्म पुगेको थियो । जोर्डन पाँचौँ पटक एसियन कप खेलिरहेको छ ।

त्यस्तै कतारले सेमिफाइनलमा इरानलाई ३–२ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक फाइनलको यात्रा तय गरेको हो । डिफेन्डिङ च्याम्पियन रहेको कतार ११औँ पटक एसियन कप खेलिरहेको छ ।

सन् २००० र २०११ मा क्वाटरफाइनलसम्म पुगेको कतारले सन् २०१९ मा एसियन कपको उपाधि जितेको थियो र आज दोस्रो पटक एसियन कपको फाइनल खेल्दै छ ।

एसियन कप फुटबलको विजेताले ५ मिलियन डलर नगद पुरस्कार रकम पाउने छ भने उपविजेताले ३ मिलियन डलर नगद पुरस्कार पाउने छ ।

त्यस्तै एसियन कपको सेमिफाइनलमा पराजित भएका इरान र दक्षिण कोरियाले एकएक मिलियन डलर पाउने छन् भने प्रतियोगितामा सहभागी हरेक देशले २ लाख डलर नगद पाउने छन् ।