मनोरञ्जन

पूर्णिमा लामा र देवराज आचार्यको ‘तिमी र म’ सार्वजनिक

By खबरहब

February 10, 2024

काठमाडौँ– गायिका पूर्णिमा लामा र गायक देवराज आचार्यको संयुक्त आवाजमा रहेको आधुनिक गीति एल्बम ‘तिमी र म’ सार्वजनिक भएको छ ।

उक्त आधुनिक गीति एल्बममा वरिष्ठ संगीतकार शक्ति बल्लभको संगीत रहेको छ भने शब्द हिक्मत बुढाथोकी (प्रेम) को रहेको छ । जसमा संगीत संयोजन राकेस सोनीले गरेका छन् ।

गायक आचार्य, मिना सुवेदी, गंगा देवी ढुंगानाको अभिनय रहेको उक्त गीतको भिडियोको छाया‌ङ्कन रेशम दर्लामीले गरेका हुन् । दृश्य सम्पादन भने पदम सुवेदीले गरेका छन् ।