क्रिकेट

क्यानाडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य

By खबरहब

February 10, 2024

काठमाडौं- क्यानाडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

एक दिवसीय सिरिज अन्तर्गतको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानाडाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ८५ रन बनायो ।

क्यानाडाका लागि आरोन जोनसनले सर्वाधिक ६५ रन बनाए । ६२ बलको सामना गरेका उनले १० चौका र २ छक्का प्रहार गरे । त्यसैगरी नवनित धलिवालले ४६, श्रेयस मोभ्भाले ४० रन जोडे । परगत सिंहले ३८ रन बनाए ।

नेपालका लागि कप्तान रोहित पौडेल र कुशल मल्लले समान दुई विकेट लिए भने सोमपाल कामी, सूर्य तामाङ, आकाश चन्द र पवन सराफले एक-एक विकेट लिए ।

तीन खेलको सिरिजमा नेपाल १-० ले अगाडि छ । पहिले खेलमा नेपालले क्यानाडालाई ७ रनले पराजित गरेको थियो ।