क्रिकेट

विस्फोटक ब्याटिङ गरेका अनिल साह अर्धशतक बनाउँदै आउट

By खबरहब

February 10, 2024

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका अनिल साह अर्धशतक प्रहार गर्दै आउट भएका छन् ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

खेलमा नेपालको दोस्रो विकेट गुमेको छ । खेलको ६ ओभर ३ बलमा ५० रन बनाएका अनिल साह आउट भए ।

केबल २० बलको सामना गरेका उनले ७ चौका र ३ छक्का प्रहार गरे । उनको स्थानमा देव खनाल क्रिजमा आएका छन् ।