क्रिकेट

क्यानाडाविरुद्ध कप्तान रोहित र देव खनालको अर्धशतक

By खबरहब

February 10, 2024

काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालका कप्तान रोहित पौडेल र देव खनालले अर्धशतक प्रहार गरेका छन् ।

टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ ।

यू १९ टिमका कप्तानसमेत रहेका देव खनालले ५६ बलमा अर्धशतक प्रहार गरेका हुन् । उनले चार चौका र दुई छक्का प्रहर गरे ।

त्यसैगरी, कप्तान रोहित पौडेलले ६७ बलमा अर्धशतक प्रहार गरे । उनले चार चौका र तीन छक्का प्रहार गरे । यसअघि नेपालका अनिल साहले पनि अर्धशतक प्रहार गरेका थिए ।