ब्रेकिङ स्टोरी

कप्तान रोहित शतक पूरा गर्न १३ रनले चुके

By खबरहब

February 10, 2024

काठमाडौं- कप्तान रोहित पौडेल शतक पूरा गर्नबाट १३ रनले चुकेका छन् । कीर्तिपुरको टीयू क्रिकेट मैदानमा क्यानाडाविरुद्ध जारी खेलमा उनले ८७ रन बनाएर आउट भए ।

१ सय १ बलको सामना गरेका उनले ८ चौका र ४ छक्का प्रहार गरे । उनलाई क्यानाडाका कप्तान साद बिन जफारले आउट गरेका हुन् ।