धर्म / संस्कृति

टुँडिखेलमा सोनाम ल्होछारको रौनक (तस्वीरहरू)

By खबरहब

February 10, 2024

काठमाडौं– तामाङ समुदायको विशेष पर्व सोनाम ल्होछार आज देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरूले ल्होसार पर्व मनाएका हुन् ।

सो पर्वको अवसरमा आज दिउँसो काठमाडौंको टुँडिखेलमा नेपाल तामाङ घेदुङले बृहत तामाङ सांस्कृतिक महोत्सव आयोजना गरेको थियाे ।

उक्त महोत्सवमा तामाङ कलाकारहरु , लामा ,बोन्बो झाँकी विभिन्न संघ संस्थाहरुको सहभागिता रहेको थियो। तामाङ समुदायको विभिन्न संघसंस्थाले टुँडिखेल वरपर साँस्कृतिक झाँकीसहितको र्‍याली पनि निकालेका छन् ।

मुलुकका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार यो पर्व मनाउँदै आएका छन् ।