काठमाडौं – महिलाको सानो पेटमा रहेको पिसाब थैली, पाठेघर वा दिसा बस्ने आन्द्राले सामान्य अवस्थाबाट ठाउँ छोडेर योनीबाट तल झर्ने समस्यालाई आङ खस्नु भनिन्छ। आङ खसेपछि पाठेघर मात्र बाहिर आउँदैन, पिसाब थैली र दिसा थैली पनि तल खस्छ। त्यसले महिलामा थप समस्या सिर्जना हुने चिकित्सक बताउँछन्।
यो समस्या खासगरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलामा बढी देखिन्छ। जसले धेरै बच्चा जन्माउने, जन्मान्तर अवधि कम हुने, सुत्केरी भएपछि पोषणयुक्त खानाको कमी हुने, आरामको कमी र बढी काम गर्छन्।
टुक्रुक्क बस्दा धेरै नै कठिन भएको महसुस हुन्छ। दिसा, पिसाब गर्न गाह्रो हुन्छ। ढाड, कम्बर र सानो पेट दुख्ने जस्ता लक्षण आङ खस्ने समस्या भएपछि देखिन्छन्।
तालिम प्राप्त नर्सको रेखदेखबिना घरमै सुत्केरी गराउने महिलामा आङ खस्ने समस्या धेरै देखिने गरेको नोबेल मेडिकल कलेज विराटगरमा कार्यरत महिला रोग विशेषज्ञ डा. रश्मी थापाको भनाइ छ। आवश्यक परेको समयमा घरमा तालिम प्राप्त नर्स पुगेका हुँदैनन्। सुँडेनी वा छरछिमेकको सहयोगले जबर्जस्ती पेटमा थिच्ने, बल गर्न लगाउने गर्दा सानो पेटमा गम्भीर असर पर्छ। त्यस्तै लामो समयसम्म व्यथा लाग्यो भने पेटका अङ्गलाई अड्याएर राख्ने मसल कमजोर भएर खुकुलो हुँदै जान्छन्। त्यही कारणले आङ खस्ने समस्या हुने उनको भनाइ छ।
लक्षण योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुनु यसको पहिलो लक्षण हो। अप्ठेरो महसुस भइसक्दा परीक्षण गर्नुपर्छ। खोक्दा र भारी बोक्दा समस्या अझ बढ्ने जोखिम हुन्छ। हिँड्न र काम गर्न समस्या हुने हुन्छ। टुक्रुक्क बस्दा धेरै नै कठिन भएको महसुस हुन्छ। दिसा, पिसाब गर्न गाह्रो हुन्छ। ढाड, कम्बर र सानो पेट दुख्ने जस्ता लक्षण आङ खस्ने समस्या भएपछि देखिन्छन्।
त्यस्तै पटक—पटक पिसाब लाग्ने, यौनांग दुख्ने, यौनांगमा घाउ देखिने र योनीबाट गन्धसहितको पानी आउने समस्या निरन्तर हुन्छ। अत्याधिक पेट दुख्ने जस्ता समस्या आङ खस्नुपूर्व देखिने संकेत हुन्। यस्ता संकेत देखिने बित्तिकै उपचार गराउनुपर्छ।
चेतना विस्तार भएको छ डा. थापाका अनुसार पहिलेभन्दा आङ खस्ने समस्या धेरै कम देखिएको छ। सरकारले आमा सुरक्षा कार्यक्रम लागू गरेपछि महिला टाढाटाढाबाट अस्पतालमै सुत्केरी हुन आउने गरेका छन्।
एकजना आमाले कसैलाई आफ्नो समस्या नभनी पाठेघर बाहिर ननिस्कियोस भनेर क्रिकेटको बल योनीमा राख्नुभएको रहेछ। त्यसले यौन अंग पाकेर दुर्गन्धित भएपछि घरका मान्छेले उपचारमा ल्याएपछि हेर्दा त्यहाँ बल भेटियो । यस्ता धेरै महिला छन्। जो वर्षौंदेखि समस्या लुकाएर बसेकै कारण उपचार प्रक्रिया नै जटिल हुन्छ।
तर अहिले आङ खस्ने समस्या नै छैन भन्न सक्ने अवस्था छैन। ‘अझै पनि पहिले घरमै सुत्केरी भएका आमाहरु समस्या लुकाएर बसिरहेका छन्। वर्षौंदेखि लाज मानेर आफ्नो समस्या लुकाएर बसेका ६०/७० वर्षका महिलाको पनि हामीले अहिले उपचार गरेका छौं।’ मैले एउटा केश त यस्तो पनि देखेको छु, एकजना आमाले कसैलाई पनि आफ्नो समस्या नभनी पाठेघर बाहिर ननिस्कियोस भनेर क्रिकेटको बल योनीमा राख्नुभएको रहेछ। पछि त्यसले इन्फेक्सन गरेर ज्वरो आउने यौन अंग पाकेर दुर्गन्धित हुने भएपछि घरका मान्छेले थाहा पाएर उपचारमा ल्याउँदा भित्र बल भेटियो। यस्ता धेरै महिला छन्। जो वर्षौंदेखि समस्या लुकाएर राख्ने र अन्तिम अवस्थामा मात्रै अस्पताल आइपुग्छन्। जसका कारण उपचार प्रक्रिया नै जटिल हुन्छ।
समस्याबाट जोगिने उपाय सबैभन्दा पहिले आङ खस्ने समस्याबारे महिला नै जानकार हुनुपर्छ। यो समस्याबाट जोगिन सानै उमेरमा बच्चा जन्माउनु हुँदैन। २० वर्ष उमेर पुगेपछि पनि दुईभन्दा बढी बच्चा जन्माउनु हुँदैन। गर्भअवस्थामा महिलालाई पर्याप्त पोषण खुवाउनुपर्छ। जसले महिलामा बच्चा जन्माउने शक्ति मिलोस्। सुत्केरी तालिम लिएको नर्स वा स्वास्थ्यकर्मीको सहयोगमा अस्पताल वा स्वास्थ्यचौकीमा बच्चा जन्माउनुपर्छ।
सुत्केरी भएपछि कम्तीमा ६ महिना आराम गर्नुपर्छ, घर–परिवार मिलेर उनको स्याहार गर्नुपर्छ। सुत्केरीपछि वर्षको कम्तीमा दुई पटक र त्यसपछि वर्षको एकपटक पाठेघर जाँच गर्नुपर्छ। सामान्य झरेको छ वा छैन भनेर आफैँ पनि हेक्का राख्नुपर्छ।
धेरै महिलाले अझै पनि योनी वा पाठेघरको जाँच गराउँदा लाज मान्छन्। यो अंगलाई पनि शरीरका अन्य अंगजस्तै मानेर लाज नमानी आफ्नो समस्या भन्नुपर्छ। समय समयमा पाठेघरको जाँच गराउँदा गम्भीर समस्याबाट बच्न सकिन्छ।
अन्तिम चरणको आङ खस्ने समस्यामा पाठेघरको अपरेसन गरिन्छ। यो मेजर अपरेसन हो। जसमा महिलाको पाठेघर फालिन्छ। योसँगै तल झरेको दिसा र पिसाब थैलीलाई आफ्नो ठाउँमा राखिन्छ।
रोकथाम तथा उपचार आङ खसेपछि त्यसको तीन चरण हुन्छन्। पहिलो चरणको आङ खस्ने समस्या बढी देखिन्छ। दोस्रो र तेस्रो चरणको समस्या पहिलोको तुलनामा बढी जोखिमपूर्ण हुन्छ।
पहिलो चरणको समस्यामा औषधि खानु पर्दैन। सामान्य रुपमा मांसपेशी बलियो बनाउने अभ्यास गरे निको हुन्छ। दोस्रो चरणमा अपरेसन नगरी रिङ हालेर उपचार गर्ने गरिन्छ, बढी उमेरका महिलामा यसको प्रयोग गरिन्छ। अपरेसनको समय कुर्नुपर्ने अवस्थामा पनि रिङ हालिन्छ। यो हरेक तीन–तीन महिनामा फेर्नुपर्छ।
अन्तिम चरणको आङ खस्ने समस्यामा पाठेघरको अपरेसन गरिन्छ। यो मेजर अपरेसन हो। जसमा महिलाको पाठेघर फालिन्छ। योसँगै तल झरेको दिसा र पिसाब थैलीलाई आफ्नो ठाउँमा राखिन्छ।
पाठेघर खसेका महिला बढी उमेरका हुनाले उनीहरुको शारीरिक अवस्था कमजोर हुन्छ। अन्य रोगले पनि च्याप्दै लगेको हुनसक्छ। त्यसैले अपरेसन सुविधा सम्पन्न ठाउँमा गर्नु राम्रो हुन्छ। स्त्रीरोग विशेषज्ञ र आइसियुसहितका आधुनिक सुविधा भएको ठाउँमा अपरेसन गर्नुपर्छ। नत्र बिरामी महिला जोखिममा पर्न सक्छन्।
निजी तवरमा आङ खसेको अपरेसन गर्दा ५० हजार रुपैयाँदेखि एक–डेढ लाखसम्म खर्च हुन्छ। नेपाल सरकारले भने सबै महिलाका लागि यो अपरेसन निःशुल्क व्यवस्था गरेको छ। सुविधासम्पन्न सरकारी अस्पतालमा यो सेवा लिन सकिन्छ।
अपरेसन गरेपछि पोषण र सरसफाइमा बढी ध्यान दिनुपर्छ। तीन महिनादेखि ६ महिनासम्म आराम गर्नैपर्छ। निजी तवरमा आङ खसेको अपरेसन गर्दा ५० हजार रुपैयाँदेखि एक–डेढ लाखसम्म खर्च हुन्छ। नेपाल सरकारले भने सबै महिलाका लागि यो अपरेसन निःशुल्क व्यवस्था गरेको छ। सुविधासम्पन्न सरकारी अस्पतालमा यो सेवा लिन सकिन्छ।
यो हेर्दा महिलाको मात्र समस्याजस्तो देखिए पनि यसले सम्पूर्ण परिवारको समस्याको रुप लिन्छ। यो समस्या बढ्दै जाँदा कतिपय दम्पत्तीमा मनमुटाव भएर परिवारमा विग्रहको स्थिति पनि आउँछ। घरकी महिलालाई आङ खस्ने समस्या आउन नदिनका लागि परिवारका अन्य सदस्यले पनि सहयोग गर्न सक्ने स्थिति हुन्छ। त्यसकारण आङ खस्ने समस्यालाई परिवारको समस्याका रुपमा अंगिकार गरेर यो समस्या आउन नदिन र आएमा उपचारका लागि सहयोग गर्ने तत्परता परिवारका सदस्यले लिनु जरुरी छ।
(नोबेल मेडिकल कलेज विराटनगरकी महिला रोग विशेषज्ञ डा.रश्मी थापासँगको कुराकानीमा आधारित )