खेलकुद

पानीले रोकिएको नेपाल हङकङबीचको खेल सुरु

By खबरहब

March 10, 2024

काठमाडौं – पानीले रोकिएको नेपाल र हङकङबीचको त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गतको खेल फेरी सुरु भएको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि खेल रोकिएको थियो ।

नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए ।

नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।