खेलकुद

वर्षाले फेरि रोकियो नेपाल हङकङबीचको खेल

By खबरहब

March 10, 2024

काठमाडौं – पानी परेपछि ५ ओभरमा रोकिएर पुनः सुरु भएको त्रिकोणात्मक टी-२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको खेल फेरि रोकिएको छ ।

टस हारेर पहिला ब्याटिङ गरिरहेको हङकङले ५ ओभरमा १ विकेट गुमाएर ४३ रन बनाएको स्थितिमा पानी परेपछि पहिलो पटक खेल रोकिएको थियो ।

पानी पर्न छाडेपछि सुरु भएको खेल ८ ओभरमा पुनः पानी परेपछि रोकियो । ८ ओभरमा हङकङले २ विकेट गुमाएर ६५ रन बनाएको छ ।

नेपालका करण केसीले पहिलो बलमै हङकङका ओपनर मार्टीन कोट्जेको विकेट लिएका थिए । दोस्रो विकेट भने गुलसन झाले लिए ।

नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।