खेलकुद

पानी नरोकिएपछि नेपाल र हङकङको खेल रद्द

By खबरहब

March 10, 2024

काठमाडौं – पानी परेपछि दुई पटक रोकिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।

त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।

नेपालका करण केसी र गुलसन झाले एक–एक विकेट लिए ।

नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो ।

सिरिजमा नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।