राजनीति

सुहाङसहित एमालेका छ जनाले दिए निवेदन

By खबरहब

March 10, 2024

काठमाडौं–  इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न सुहाङ नेम्वाङ सहित ६ जनाले निवेदन दिएका छन् ।

एमालेले बनाएको उम्मेदवार छनौट समितिले उनीहरु ६ जनालाई साँझसम्मको समयसीमा दिएको छ ।

निवेदन दिनेमा संविधानसभाका अध्यक्ष स्व सुवास नेम्वाङका छोरा  सुहाङ नेम्वाङसहित रविन्द्र सुवेदी, डा. देवी क्षेत्री दुलाल, नरेन्द्रनाथ भट्टराई, बुद्धिप्रसाद खनाल र रिपल राई छन् ।