राजनीति

न्यूनतम साझा कार्यक्रम तय गर्न दश सदस्यीय राजनीतिक संयन्त्र 

By खबरहब

March 10, 2024

काठमाडौं – न्यूनतम साझा कार्यक्रम तय गर्न सत्ता गठबन्धनले संयन्त्र गठन गरेको छ । सरकारका प्राथमिकता तय गर्न सत्ता गठबन्धनले दश सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको बताइएको छ ।

 संयन्त्रमा एमालेको तर्फबाट उपाध्यक्ष विष्णु पौडेल र विष्णु रिमाल छन् । यस्तै माओवादी केन्द्रबाट वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट स्वर्णिम वाग्ले र मुकुल ढकाल रहेका छन् ।

यस्तै जनता समाजवादी पार्टीबाट मनिष सुमन र राजेन्द्र श्रेष्ठ र नेकपा एकीकृत समाजवादीबाट घनश्याम भुसाल र प्रमेश हमाल रहेका छन् ।

आजै कार्यदलको पहिलो बैठक सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको रास्वपा महामन्त्री मुकुल ढकालले बताए । उनीहरूले सत्ता गठबन्धनका सबै पार्टीबाट आएका सुझाव लिएर प्रतिवेदन तयार गर्ने बताइएको छ ।