राजनीति

माओवादीबाट राष्ट्रियसभा उम्मेदवारमा नारायण दाहाल

By खबरहब

March 10, 2024

काठमाडौं– राष्ट्रियसभा अध्यक्षका लागि माओवादीले नारायण दाहाललाई अगाडि सारेको छ । आइतबार बसेको माओवादी पदाधिकारी बैठकले उनलाई अध्यक्षमा अगाडि सार्ने भएको हो ।

माओवादी एक पदाधिकारीले खबरहबलाई भने, ‘सिनियर नेता दाहाललाई उम्मेदवार बनाएका छौँ ।’फागुन २१ मा बनेको नयाँ गठबन्धन सरकारले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा माओवादीलाई अध्यक्ष दिने सहमति भएको थियो ।

यो सँगै माओवादीबाट तीन पात्र अगाडि सारेको थियो तर प्रचण्डको चाहानामा दाहाल थिए । स्थायी कमिटी बैठकमा नारायण दाहाल, झक्कु सुवेदी र हालका राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालको नाम चर्चामा थियो तर दाहालको नाम फाइनल भएको हो । यता सिनियर नेताहरुरले भने नारायण दाहाललाई नै अध्यक्ष बनाउनुपर्ने मत जाहेर गरेका थिए । दहाल नाताले प्रधानमन्त्री प्रचण्डका भाइ हुन्  ।

अध्यक्ष प्रचण्ड निकट नेताले भने, ‘सिनियर र अवसर नपाएका नेता हुनाले दाहाल आउनु भएको हो । .’ नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीले माओवादीले उठाएको उम्मेदवारलाई भोट हाल्नुपर्ने गठबन्धनको निर्णय छ । उनको पक्षको मत भार पनि बलियो छ ।

याे पनि…