समाचार

प्रधानसेनापतिसँग जनमुक्ति सेनाका उपप्रमुखको भेट

By खबरहब

March 10, 2024

काठमाडौँ– प्रधान सेनापति प्रभुराम शर्मासँग नेपालको भ्रमणमा रहेका चिनियाँ जनमुक्ति सेनाका उपप्रमुख मेजर जनरल झाङ पाकुनले जङ्गी अड्डामा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूले दुई छिमेकी देशका साथै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच रहिआएको सम्बन्धका विविध पक्ष एवं आपसी चासोका विषयमा छलफल गरेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

शनिबारदेखि नेपाल भ्रमणमा रहेको उपप्रमुख पाकुन नेतृत्वको छ सदस्यीय टोलीले काठमाडौँ, लुम्बिनी तथा पोखराका विभिन्न सांस्कृतिक र पर्यटकीय स्थलको भ्रमण गर्ने कार्यक्रम छ । चार दिवसीय भ्रमणका लागि नेपाल आएको उक्त टोली यही फागुन २९ गते स्वदेश फर्कनेछ ।