क्रिकेट

आईपीएल क्रिकेट : पञ्जावमाथि हैदराबादको रोमाञ्चक जित

By खबरहब

April 10, 2024

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले रोमाञ्चक जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबलाई २ रनले हराउँदै हैदराबादले जित निकालेको हो ।

हैदराबादले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको पञ्जाब निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८० रनमा समेटियो ।

पञ्जाबका शशांक सिंहले सर्वाधिक ४६ रन जोडे । यस्तै, आशुतोष शर्माले ३३, सैम करनले २९, सिकन्दर राजाले २८, जितेश शर्माले १९ तथा शिखर धवनले १४ रन बनाए ।

हैदराबादका धुवनेश्वर कुमारले दुई तथा पैट कमिन्स, थंगारसु नटराजन, नितिशकुमार रेड्डी रजदेव उनादकटले एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले  निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो ।

हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ६४ रन बनाए । यस्तै, अब्दुल समदले २५, ट्राभिस हेडले २१, अभिषेक शर्माले १६, शहवाज अहमेदले १४  तथा राहुल त्रिपाठीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

पञ्जाबका आर्शदीप सिंहले सर्वाधिक चार, सैम करन र हर्ष पटेलले दुई–दुई तथा कगिसो रबाडाले १ विकेट लिए ।

जारी खेलमा ५ खेल खेलेको हैदराबाद ६ अंकसहित पाँचौँ स्थानमा छ भने समान खेल खेलेको पञ्जाब ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।