समाचार

आगलागीबाट दुई करोड बढीको क्षति

By खबरहब

April 10, 2024

झापा– झापाको दमकस्थित लाइफलाइन अस्पताल नजिक गएराति आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ ।

अस्पताल नजिक रहेको प्रेमबहादुर धिमालको घरबाट सल्किएको आगो अन्य तीन घरमा फैलिँदा उक्त क्षति भएको हो ।

प्रहरी कार्यालय झापाका अनुसार धिमालको घरबाट सुरु भएको आगो अस्पतालको डाइलाइसिस गराउने भवनमा फैलँदा अस्पतालका उपकरण र अन्य सामाग्री नष्ट भएका छन् ।

अस्पतालका अध्यक्ष डा. मुक्तिनाथ भट्टराईले  डाइलाइसिस मेसिन कामन लाग्ने भएकाले अस्पतालको डाइलाइसिस सेवा पूर्ण बन्द भएको बताए ।

दमक नगरपालिका, कमल गाउँपालिका, पथरीशनिश्चरे नगरपालिका, उर्लाबारी नगरपालिकालगायत स्थानीय निकायका छ वटा वारुण यन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयको सहयोगमा आगो निभाइएको थियो ।

लामखुट्टे भगाउन बालिएको अण्डा राख्ने ‘क्यारेट’बाट आगो सल्किएको स्थानीय एक महिलाले जानकारी दिइन् ।