जीवनशैली

अनुहारमा नियमित दूध लगाउँदा के हुन्छ ?

By खबरहब

April 10, 2024

काठमाडौँ– गर्मी वा चिसो दुवै मौसममा छालाको ख्याल राख्नुपर्छ । धेरै संवेदनशील छाला भएका मानिसहरूले आफ्नो छालामा बढी ध्यान दिनुपर्छ।

छालालाई राम्रो बनाउन बजारका कस्मेटिक सामग्री नै लगाउनु पर्छ भन्ने छैन । घरैमा भान्सामा प्रयोग हुने सामग्रीले पनि अनुहारलाई सुन्दर र चम्किलो बनाउन सकिन्छ । त्यस्तै एउटा सामग्री हो दूध । दूधको प्रयोगले हाम्रो छाला चम्किलो र मुलायम हुने गर्छ ।

यी हुन् अनुहारमा दूध लगाउँदाका फाइदाहरू – अनुहारमा दूध लगाउँदा घामबाट क्षतिग्रस्त भएका छालाको उपचारका लागि मद्दत पुग्नेछ । –नियमित दूधको प्रयोगले मुहारको छालामा देखा परेका काला धब्बा हराउँदै जानेछ ।  साथै अनुहारको छालामा हुने चिपचिपाहट पनि कम हुँदै जान्छ । यसले अनुहारमा जमेको धुलोलाई बाहिर निकाल्न मद्दत गर्छ । – एक चम्चा दूध, एक चम्चा एलोभेरा जेल र एक चम्चा मह मिसाएर अनुहारमा लगाउनाले खुला छिद्रहरू कडा बनाउँछ। – दूधलाई मोइस्चराइजरको रूपमा पनि प्रयोग गर्न सकिन्छ ।