समाचार

गण्डकीका मुख्यमन्त्रीविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

By खबरहब

April 10, 2024

काठमाडौँ– गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति बदरको माग गर्दै परेको रिटको सुनुवाई आज हुँदैछ । उक्त रिट सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको छ ।

नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अधिकारीको नियुक्तिविरुद्ध हिजो सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।

पाण्डेले दायर गरेको रिटमा मुख्यमन्त्रीमा अधिकारीको नियुक्ति असंवैधानिक भएको दाबी गर्दै बदर गर्न माग गरेका छन् । मुख्यमन्त्री अधिकारीले तटस्थ व्यक्ति सभामुखलाई समेत जोडेर बहुमत पुगेको दाबी गर्नु असंवैधानिक भएको रिटमा उल्लेख छ ।

एमालेका २२, सभामुखसहित माओवादी केन्द्रका ८ र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थन रहेको अधिकारीको दाबीमा प्रदेश प्रमुख डिल्लीराज भट्टले सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।