फोटो फिचर

भक्तपुरमा बिस्का जात्रा (तस्बिरहरु)

By खबरहब

April 10, 2024

भक्तपुर– भक्तपुरको प्रसिद्ध बिस्का जात्रा हिजोबाट सुरु भएको छ ।

नयाँ वर्षको चार दिनअघि सुरु हुने बिस्का जात्रा भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाइन्छ ।

हिजो साँझ टौमढी टोलस्थित पाँचतले मन्दिर प्राङ्गणमा रहेको प्यागोडा शैलीको तीनतले भैरवनाथको रथमा विधिवत रूपमा भैरव र बेटाल देवतालाई पूजा गरेर राखिएको छ ।

देवतालाई रथमा राखिसकेपछि दुई टोलका स्थानीयले आ-आफ्नो टोलमा लैजान रथ तानातान गर्छन् ।