समाचार

अर्घाखाँचीमा कार दुर्घटना : एक जनाको मृत्यु, ७ घाइते

By खबरहब

April 10, 2024

सन्धिखर्क– अर्घाखाँचीमा कार दुर्घटना हुँदा एक जना मृत्यु भएको छ भने, ७ जना घाइते भएका छन्।

अर्घाखाँची हुँदै कास्की जाँदै गरेको ग ३च ४५७४ नम्बरको कार बुधबार बिहान साढे ९ बजे पाणिनी गाउँपालिका-८ कोलडाँडामा दुर्घटना भएको थियो।

दुर्घटनामा परेर भूमिकास्थान नगरपालिका-८ किमडाँडाका ६ वर्षीय आरम्भ क्षेत्रीको मृत्यु भएको छ।

घाइते हुनेमा भूमिकास्थान- ८ का चालक ३४ वर्षीय ईश्वरी क्षेत्री, उनकी श्रीमती ३० वर्षीया सम्झना क्षेत्री, उनकी छोरी इभान्सी क्षेत्री, पोखरा- १२ की ३० वर्षीया सविता अधिकारी, सोही ठाउँकी १५ वर्षीय प्रजोल कँडेल, ४२ वर्षीया गीता कँडेल र १० वर्षीय जेशन बस्नेत रहेका जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।

घाइतेहरूको जिल्ला अस्पताल सन्धिखर्कमा उपचार भइरहेको छ।