तस्बिर रोयटर्स

अन्तर्राष्ट्रिय

बाढीको चपेटामा रूस

By खबरहब

April 10, 2024

मस्को– रूसका केही भागमा तेह्र हजारभन्दा बढी आवासीय भवन डुबानमा परेका छन् ।

अधिकांश बाढीग्रस्त क्षेत्रहरू ओरेनबर्ग क्षेत्रमा रहेको र यहाँ १२ हजार ८०० घरहरू डुबानमा परेका छन् । ओरेनबर्ग क्षेत्रमा सात हजार ७०० भन्दा बढी मानिसलाई विस्थापित गरिएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।

ओरेनबर्गको ओस्र्क सहरमा बाढीका कारण छ हजार ७०० आवासीय भवनहरू डुबानमा परेका र दुई हजार ६१६  मानिसहरूलाई विस्थापित भएका छन् । 

तापक्रममा निरन्तररूपमा औसत वृद्धिका कारण रूसको पश्चिमी साइबेरिया, भोल्गा क्षेत्र र केन्द्रीय सङ्घीय क्षेत्रमा हिउँ पग्लिँदा विपत्ति निम्तिएको छ ।