सांकेतिक तस्बिर

देश/प्रदेश

आगलागीबाट १७ लाख बराबर क्षति

By खबरहब

April 10, 2024

काठमाडौं– रौतहट, दाङ र सिरहामा आगलागीबाट करिब १७ लाख बराबरको क्षति भएको छ ।

रौतहटकाे मौलापुर नगरपालिका-२ दलित बस्ती बस्ने जगदेव राम लगायत ३ जनाको घरमा बुधबार बिहान आगलागी हुँदा ३ वटै घर पूर्णरुपमा जलेर करिब ५ लाख ४५ हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

दाङको बबई गाउँपालिका-५ अग्रेली बस्ने भीम बहादुर कुमालको कच्ची घरमा सोलारको तार सर्ट भई बुधबार बिहान आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

त्यसतै, सिरहाकाे कर्जन्हा नगरपालिका-१ रतनपुर बस्ने उद्यव श्रेष्ठको गोठघरमा बुधबार दिउँसो आगलागी हुँदा गोठघर पूर्णरूपमा जलेर करिब ७ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।