ब्रेकिङ स्टोरी

प्रतिनिधि सभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसको विरोध

By खबरहब

May 10, 2024

काठमाडौं- प्रतिनिधि सभाको शुक्रबार बसेको बैठकमा पनि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विरोध जनाएको छ ।

कांग्रेसका सांसदहरू आशनबाट उठेर विरोधमा उत्रिएका हुन् ।

कांग्रेसले सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन माग गरिरहेको छ ।