राजनीति

कांग्रेस सांसद खतिवडाको आरोप : रविलाई जोगाएर सरकारले नै संसद्‍मा अवरोध गर्‍यो

By खबरहब

May 10, 2024

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सहकारी ठगी प्रकरणमा सरकारले उपप्रधानमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन नगरेर गल्ती गरेको बताएका छन् ।

सरकारी वकिल कार्यालय रुपन्देहीले सहकारीको बचत ठगी प्रकरणमा गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति लामिछानेविरुद्ध अभियोजना पत्र अघि बढाएको बताउँदै खतिवडाले संसदीय समिति नबनेसम्म अब संसद् अघि नबढ्ने बताएका छन् ।

‘सरकारी वकिलको कार्यालय रुपन्देहीले सहकारी ठगी प्रकरणमा लामिछाने जोडिएको किटान गरिसकेको छ । तर महान्यायाधिवक्ताले उनलाई जोगाउन सबै पूरै शक्ति लगाएका छन्’, उनले भने, ‘अब यस प्रकरणमा संसदीय समिति बन्नै पर्छ, यस अडानबाट कांग्रेस अब दायाँबायाँ हुँदैन। सरकारकाै कारण संसद् पनि अवरुद्ध भएको हो। यसले नीति तथा कार्यक्रम र बजेटमा पनि असर गर्न सक्छ ।’