समाचार

कांग्रेसले मागेको छानबिन समिति होइन, सरकार हो : एमाले 

By खबरहब

May 10, 2024

काठमाडौं– नेकपा एकालेका प्रमुख सचेतक महेश बर्तौलाले नेपाली कांग्रेसले गृहमन्त्रीमाथि छानबिन समिति नभई सरकार मागेको आरोप लगाएका छन् ।

शुक्रबार बजेट अधिवेशनको पहिलो दिन कांग्रेसले संसद् अवरोध अवरोधपछि चल्न पाएन ।

त्यसपछि खबरहबसँग कुरा गर्दै बर्तौलाले भने, ‘कांग्रेसले छानबिन समिति मागेको होइन । यसको कारण देखाएर सरकार मागेको हो । हामी अहिले सरकार कांग्रेसलाई दिन सक्दैनौँ ।’

उनले जेठ १ गतेबाट संसद् बिनाअवरोध सुरु हुने समेत बताए । यदि त्यसपछि पनि कांग्रेसले अवरोध गरे विकल्पहरू पनि भएको दाबी गरे ।

विकल्प भनेको अध्यादेशबाट बजेट ल्याउने हो भन्ने खबरहबको प्रश्नमा बर्तौलाले भने, ‘मिलाएर जाने कोशिस रहन्छ । बिनातुक अवरोध भने केही त होला नि । अध्यादेशको बाटो कांग्रेस जस्तो लोकतान्त्रिक दलले दिँदैन भन्ने लाग्छ ।’